काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब ६३ हजार भन्दा बढी यात्रुहरुले दशैँमा यात्रा गरेका छन् ।
फूलपाती र महाअष्टमीरमहानवमीमा आन्तरिक र अन्तर्राष्ट्रिय कुल ६३ हजार २४२ जना यात्रुहरुले हवाई यात्रा गरेका हुन् ।
असोज २४ गते आन्तरिकतर्फ ३०१ उडानमार्फत १७,३२९ र असोज २५ गते २७८ उडानबाट १४, ४३६ गरी कुल ३१, ७६५ ले यात्रा गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थले जनााएको छ ।
त्यसैगरि अन्तर्राष्ट्रियतर्फ असोज २४ गते दुईतर्फी १०७ उडानमार्फत १६, ५०९ र असोज २५ गते १०७ बाट १४,९६८ गरी कुल ३१,४७७ ले हवाई यात्रा गरेका छन् ।