logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   07:46 AM

  • दशैँकाे बेला बढेकाे हवाई टिकटको मूल्य घटाउने सहमति

    दशैँकाे बेला बढेकाे हवाई टिकटको मूल्य घटाउने सहमति


    पर्यटन नेपाल

    सोमबार, २९ असोज २०८०


    काठमाडौँ । सांस्कृतिक,पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती र व्यवसायीबिच आन्तरिक उडानमा हवाई भाडा दर घटाउँदै लैजाने सहमति भएको छ ।

    सोमबार मन्त्री किराँती र व्यवसायीबिच यस्तो सहमति भएको हो ।

    चाडबाड सुरु भएर टिकटको माग बढेपछि आन्तरिक हवाई टिकटको मूल्य साबिक भन्दा माथि जान्छ । दशैंको बेला सस्तो टिकट नपाएपछि यात्रुहरूले भाडा बढेको गुनासो गर्ने गरेका छन् ।

    पछिल्लो केही दिनयता यस्तै गुनासो सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा बढेसँगै सोमबार मन्त्री किराँतीले हवाई व्यवसायीसँग छलफल गरेका थिए ।

    बैठकमा मन्त्री किरातीले चाडपर्वको अवसरमा जनस्तरबाट आएको गुनासो सम्बोधन गरी यात्रुलाई सुरक्षित, भरपर्दो, प्रभावकारी र सुलभ हवाई यातायातको प्रत्याभूति दिलाउनेतर्फ वायुसेवा संस्थाहरू केन्द्रित रहन निर्देशन दिए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend