काठमाडौँ । सोल्टी होटेलले सेयर धनीका लागि लाभांश घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समिति बैठकले सेयर धनीलाई करसहित २६।८४ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर घोषणा गरेको हो ।
मङ्गलवार बजार बन्द हुँदा मूल्य प्रतिकित्ता ५३६ रुपैयाँ छ ।
यसको प्रतिकित्ता १० रुपैयाँ हो । तसर्थ लगानीकर्तालाई कम्पनीले प्रतिकित्ता २ रुपैयाँ ६८ पैसा नगद लाभांश र १ सय कित्ता सेयर बराबर १० कित्ता बोनस दिने हो ।
साथै कम्पनीले लाभांश पारित गर्नका लागि पुस ४ गतेका लागि साधारण सभा पनि बोलाएको छ । मङ्सिर १३ गतेका लागि कम्पनीले बुक क्लोजको मिति तय गरेको छ ।
मङ्सिर १२ गतेसम्म कायम सेयर धनीले लाभांश र साधारण सभामा भाग लिन योग्य हुनेछन् ।