logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   01:52 PM

  • लुक्लामा एकैदिन एक सय ८४ हवाइ उडान

    लुक्लामा एकैदिन एक सय ८४ हवाइ उडान


    पर्यटन नेपाल

    शुक्रबार, २३ कार्तिक २०८१


    सोलुखुम्बु । सोलुखुम्बुको तेञ्जिङ हिल्लारी विमानस्थल लुक्लामा बिहीबार एकैदिन एक सय ८४ वटा हवाइ उडान भएको छ।

    नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले उक्त विमानस्थलमा हेलिकप्टर र जहाज गरी एक सय ८४ वटा उडान भएको जनाएको छ ।

    कार्यालयका प्रमुख उमेश पन्थीका अनुसार मौसम खुलेसँगै बिहीबार हेलिकप्टरले एक सय ५२ तथा जहाजले २३ वटा उडान भरेका हुन् ।

    जहाजको उडानमा तारा एयरलाइन्स र समिट एयरलाइन्सले १२र१२ वटा उडान तथा सीता एयरलाइन्सले आठ वटा उडान भरेको प्राधिकरण प्रमुख पन्थीले बताए ।

    बिहीबार हवाइ सेवाबाट मात्रै तीन सय ९६ जना विदेशी र एक सय ३६ जना नेपाली गरी कूल पाँच सय ३२ जना पर्यटक लुक्ला भित्रिएका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।

    उनका अनुसार उक्त संख्यामा पर्यटक भित्रिँदा तीन सय ३६ जना विदेशी र एक सय २६ जना नेपाली गरी कूल चार सय ६२ जना पर्यटक हवाई सेवामार्फत लुक्लाबाट बाहिरिएका छन् ।

    नाम्चेबाट बिहीबार चार सय ७५ जना विदेशी पर्यटक उकालो लाग्दा तीन सय तीन विदेशी पर्यटक फर्किएको प्रहरीको तथ्यांक छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend