logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   09:33 AM

  • बूढानीलकण्ठ हेरिटेज होटेलको लागत बढेपछि आइपिओ निष्कासन गर्ने

    बूढानीलकण्ठ हेरिटेज होटेलको लागत बढेपछि आइपिओ निष्कासन गर्ने


    पर्यटन नेपाल

    शुक्रबार, २३ कार्तिक २०८१


    काठमाडौँ । बूढानीलकण्ठ हेरिटेज होटेलले प्राथमिक सेयर निष्कासन गर्ने भएको छ ।

    मंसिर १४ गते होटेलको छैठौं वार्षिक साधारण सभा हुने भएको हो ।

    कम्पनीले साधारण सभामा आइपिओको प्रस्तावसमेत लगेको छ ।

    होटेलले अहिले कायम सेयरधनीको लागि २९.५६ प्रतिशत हकप्रद सेयर समेत जारी गर्ने भएको छ । यससँगै होटेलको चुक्ता पुँजी एक अर्ब १० करोड रूपैयाँ पुग्नेछ ।

    कम्पनीले त्यसपछि आइपिओ समेत ल्याउने भएको हो ।

    कम्पनीले होटेल निर्माण सुरू गर्दा अनुमानित लागत एक अर्ब ५० करोड रूपैयाँ राखेको थियो । ९० करोड ऋण लिएर र बाँकी सेयर पुँजीबाट लगानी जुटाउने सोच राखेको थियो ।

    पछिल्लो समय होटेल निर्माणको लागत बढेर दुई अर्ब ३७ करोड रूपैयाँ पुग्ने संशोधिन अनुमान गरिएको रेटिङ कम्पनी इक्रा नेपालले उल्लेख गरेको छ ।

    कम्पनीले पछिल्लो समय विवरण दिन सहयोग नगरेको भन्दै इक्रा नेपालले कम्पनीको स्तर घटाएको छ। यो होटेल पाँच तारे होटेल हो ।

    सुरूमा २०२१ डिसेम्बरमै होटेल सञ्चालनमा आउने भनिए पनि गत वर्षबाट सञ्चालनमा आएको हो । कम्पनीको लगानीकर्तामा चार्टर्ड एकाउन्टेन्ट, डाक्टर र उद्यमी व्यवसायीहरू छन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend