logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:49 AM

  • बन्दीपुरमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन हुने

    बन्दीपुरमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन हुने


    पर्यटन नेपाल

    सोमबार, ३ मंसिर २०८१


    बन्दीपुर । तनहुँको बन्दीपुर गाउँपालिकामा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन हुने भएको छ ।

    बियोन बोर्डर्स तथा युनिभर्सिटी अफ तस्मानियाको प्राविधिक सहयोग र बन्दीपुर गाउँपालिका तनहुँको संयुक्त आयोजनामा निःशुल्क विद्यालय स्तरीय स्वास्थ्य परीक्षण शिविर सञ्चालन हुने भएको हो ।

    शिविरमा बालरोग विशेषज्ञद्वारा बालबालिकाहरूको स्वास्थ्य परीक्षण दन्तरोग विशेषज्ञहरूद्वारा बालबालिकाहरूको दन्त परीक्षण, स्त्री तथा प्रसुति रोग विशेषज्ञद्वारा महिलाहरूमा हुने पाठेघर सम्बन्धी स्वास्थ्य परीक्षण हुनेछ ।

    शिविर यही मङ्सिर ४, ५ र ६ गते हुनेछ । मङ्सिर ४ गते बन्दीपुर गाउँपालिकाको वडा नम्बर ३ स्थित सेराटारमा, मङ्सिर ५ गते बन्दीपुर गाउँपालिका वडा नम्बर ६ स्थितधरमपानी स्वास्थ्य चौकीमा र मङ्सिर ६ गते बन्दीपुर गाउँपालिका वडा नम्बर ४ स्थित बन्दीपुर अस्पतालमा हुनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend