logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:58 AM

  • धरहरा चढ्न कति लाग्छ शुल्क ?

    धरहरा चढ्न कति लाग्छ शुल्क ?


    पर्यटन नेपाल

    सोमबार, १० मंसिर २०८१


    काठमाडौँ । धरहरा चढ्न शुल्क लाग्ने भएको छ ।

    परीक्षणका रूपमा निःशुल्क खुला गरिएको धरहरा चढ्न अबदेखि शुल्क लाग्ने भएको हो । स्वदेशी नागरिकलाई प्रतिव्यक्ति दुई सय रूपैयाँ र विदेशीलाई एक हजार शुल्क तोकिएको छ ।

    विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति पाँच सय र सार्कबाहेक राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति एक हजार शुल्क निर्धारण गर्न सहरी विकास मन्त्रालयले गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेस गरेको थियो ।

    उक्त प्रस्ताव स्वीकृत भएसँगै यही मंसिर ९ गतेदेखि धरहरा चढ्दा उल्लेखित शुल्क लाग्ने मन्त्रालयले जनाएको छ ।

    स्वदेशी नागरिकको हकमा भने विद्यार्थीले, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूले धरहरा चढ्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुट पाउने छन् । यस्तै, धरहरामा पार्किङ गर्दा चार पाङ्ग्रेलाई प्रति घण्टा २० रूपैयाँ र दुई पाङ्ग्रेलाई १० रूपैयाँ तोकिएको छ ।

    यस्तै, धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन (व्यावसायिक बाहेक) गर्न प्रतिघण्टा पाँच हजार, धरहरा परिसरमा व्यावसायिक भिडियो छायाङ्कन गर्न प्रतिघण्टा पाँच हजार र फोटोग्राफीका लागि प्रतिघण्टा एक हजार रूपैयाँ शुल्क निर्धारण गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend