काठमाडाैँ । नोभेम्बर महिनामा १ लाख १४ हजार ५०१ जना पर्यटक नेपाल भित्रिएका छन् ।
नेपाल पर्यटन बोर्डको तथ्यांकअुसार नाेभेम्बरमा एक लाख १४ हजार ५०१ जना पर्यटक नेपाल भित्रिएका हुन् ।
अक्टोबरमा एक लाख २४ हजार पर्यटक नेपाल भित्रिएका थिए ।
नाेभेम्बरमा सबैभन्दा धेरै १९ हजार ९१५ भारतीय पर्यटक रहेका छन् ।
त्यस्तै, अमेरिकाबाट १० हजार ९८१, चीनबाट ९ हजार ४५८, अस्ट्रेलियाबाट ४ हजार ८२९, श्रीलंकाबाट ४ हजार ३९५, बेलायतबाट साढे ६ हजार ६११, बंगलादेशबाट ५ हजार १४८, थाईल्याण्डबाट ४ हजार ४६२, जर्मनीबाट ३ हजार ९२६ र फ्रान्सबाट ३ हजार ८४१ पर्यटक नेपाल आएका छन् ।
पर्यटकीय सिजनमा पर्वातारोहण, पदयात्रा र धार्मिक यात्राका लागि पर्यटकहरू नेपाल आउने गर्दछन् ।
तर यसपालिको सिजनमा अपेक्षा गरेअनुसारको पर्यटक नबढेको बोर्डका निर्देशक मणि लामिछानेले जानकारी दिए ।
उनले भने,’पर्यटकीय सिजनमा हामीले डेढ लाख बढी पर्यटक आउँछन् भन्ने आकलन थियो । तर बाढी पहिरो र विमानस्थल बन्द लगायतले पर्यटकले बुकिङ रद्द गरे त्यसैले आगमन केही घट्यो ।’