logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   10:33 AM

  • ‘नेपाल एडभेन्चर एक्स्पो’को दोस्रो संस्करण हुदैँ

    ‘नेपाल एडभेन्चर एक्स्पो’को दोस्रो संस्करण हुदैँ


    पर्यटन नेपाल

    बिहिबार, २७ मंसिर २०८१


    काठमाडौँ । ‘नेपाल एडभेन्चर एक्स्पो’को दोस्रो संस्करण आगामी शनिबार (डिसेम्बर १४) मा हुने भएको छ ।

    नेपाल पर्यटन बोर्डको सहकार्य र प्रवद्र्धनमा एक्स्पोकाे इन्टरनेट पार्टनरमा क्लासिटेक, भेन्यु पार्टनरमा अरण्य बुटिक होटेल र डिजाइन पार्टनरमा सत्य मिडिया कोलेभोरेटिभ रहेका छन् ।

    नेपालको भौतिक, सांस्कृतिक तथा प्राकृतिक सौन्दर्यको प्रवद्र्धन, पद-यात्रा, ट्रेकिङ, हिमाल आरोहण र विभिन्न साहसिक पर्यटकीय गतिविधिहरूमा प्रयोग हुने स्वदेशी तथा विदेशी ब्रान्डका सामानहरूको प्रदर्शन, किनमेल र नेपालीहरूलाई साहसिक पर्यटन गतिविधिहरूमा प्रोत्साहित गर्ने उद्देश्यसहित ‘नेपाल एडभेन्चर एक्स्पो’को दोस्रो संस्करण हुन लागेको हो ।

    एक्स्पोमा पनि एक सयभन्दा बढी ब्रान्डका ५० वटा स्टलहरु रहेन छन् ।

    एक दिने एक्स्पोमा पिक प्रमोसन ट्रेडिङ, जाइन्ट बाइक्स् नेपाल, स्वीचव्याक नेपाल, द लस्ट रिसोर्ट, एपिक माउन्टेन बाइक, बि।एण्डबि। अस्पताल, द बाइक फर्म, फलयिङग वन्डरस प्यारागलाइडिंग स्कुल, हुम्टो, ग्रभिटी नेपाल, हिमालयन मेडिक्स, द नर्थ फेस, क्लाइम्बिङ, काठमाडौँ बाइक स्टेसन, हिरो मोटो कर्प नेपाल, लुक्ला आउटडोर, सत्य मिडिया कलेक्टिभ, शान्त नेपाली प्रडक्शन, डुलुवा आउटडोर्स, हिमालयन एभरेस्ट इन्सुरेन्स, स्योसल टुर्स, ल्युमिन एण्ड नेपाल, हिमालयन एड्भेन्चर ल्याब, सिएफ मोटो, स्न्याक अन नेपाल,यति वेयर्स, यार्सागुम्बा, नेपाल माउन्टेन एकेडेमी, पोखरा एन्डुरो, काठमाडौँ स्पोर्ट्स क्लाइम्बिङ सेन्टर, नेपाल पर्वतारोहण संघ, श्रेडर्स, ट्रेलमन्डु, नेपाल ट्रेल सिरिज, एड्भेंजी, सप्लाई सप्पोर्ट, आशस हेल्थ केर, गेको गेयर, द पम्प, क्लकवर्क ट्रेल्स, हाइटेड नेपाल, ८८५० मिडिया लगायतको स्टलहरू राखिने छ । एक्स्पोमा पर्यटन क्षेत्रमा आबद्ध व्यक्तित्वहरूबाट अनुभवका कथा, यात्राको बारेमा कार्यशाला र साहसिक पर्यटनसम्बन्धी वृत्तचित्र प्रदर्शन गरिने छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend