logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   07:52 AM

  • चितवनको सौराहामा विदेशी पर्यटकले रमाइलो गर्दै मनाए दशैँ !

    चितवनको सौराहामा विदेशी पर्यटकले रमाइलो गर्दै मनाए दशैँ !


    पर्यटन नेपाल

    बुधबार, ८ कार्तिक २०८०


    काठमाडौँ । चितवनको सौराहामा भ्रमणमा आएका विदेशी पर्यटकले रमाइलो गर्दै दशैँ मनाएका छन् ।

    हिन्दुहरूको विशेष चाड बडा दशैँमा नेपाली संस्कृतिको बारेमा बुझ्दै विदेशी पर्यटकले सौराहाको होटेल सपना भिलेजमा टीका र जमरा थाप्दै दशैँ मनाएका हुन् ।

    सौराहामा दशैँसँगै पछिल्लो तीन दिनयता तेस्रो मुलुकका पर्यटकको सङ्ख्या ४० प्रतिशत, भारतीय २० प्रतिशत र १० प्रतिशत चिनियाँ पर्यटक रहेका छन् ।

    पर्यटकलाई यहाँका वन्यजन्तु, बाघ, गैँडा, हिमाल र पहाडले मात्र तान्दैन, दशैँ, तिहारलगायत चाडबाडले पनि आकर्षित गर्ने गरेका छन् । विदेशीलाई दशैँको माहोल विशेष लाग्ने गर्छ। जमरा, टीका र चङ्गा चेटमा उनीहरू रमाउने गरेका छन् ।

    नाकाबन्दी, नारायणगढ–मुग्लिङ सडक र कोरोनाका कारण प्रायः विदेशी पर्यटकको सुनसान हुने सौराहामा यति बेला विदेशी पर्यटकको घुइँचो लागेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend