logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   10:31 AM

  • एक अर्ब ५० करोड लगानीमा झम्सिखेलमा नेपालकै सबैभन्दा ठूलो मल्टिभेन्यु सञ्चालन

    एक अर्ब ५० करोड लगानीमा झम्सिखेलमा नेपालकै सबैभन्दा ठूलो मल्टिभेन्यु सञ्चालन


    पर्यटन नेपाल

    शनिबार, २९ मंसिर २०८१


    काठमाडौँ । ललितपुरको झम्सिखेलमा नेपालको सबैभन्दा ठूलो मल्टिभेन्यु ‘द प्लाजा’ सञ्चालनमा आएको छ ।

    सिजी होल्डिङ्स कम्पनीले अन्तर्राष्ट्रिय स्तरको खाना र सेवासहितको मल्टिभेन्यु सञ्चालनमा ल्याएको हो ।

    कूल एक अर्ब ५० करोड रुपैयाँ लगानीमा निर्माण भएको द प्लाजाको व्यवस्थापन सिग्नेचर इभेन्ट्स प्रालिले गरिरहेको छ ।

    कूल १२ हजार वर्ग फिटको ठूलो हलमा थियटर सेटअप एकै साथ दुई हजार पाँच सयभन्दा बढी व्यक्ति बसेर कार्यक्रम गर्न सकिन्छ भने ठूलो हललाई आवश्यकताअनुसार दुई र तीन वटा हलमा विभाजन गरेर पनि कार्यक्रम गर्न सकिन्छ ।

    कूल ४३ हजार वर्गफिटमा निर्माण भएको द प्लाजामा तीन सयभन्दा बढी कार पार्किङको सुविधा छ ।

    प्लाजामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभासम्मेलन,  विवाह तथा व्रतबन्धलगायत कर्पोरेट बैठक र सानादेखि ठूला कार्यक्रम गर्न सकिन्छ ।

    द प्लाजामा आवश्यकता अनुसार सचिवलाय र भीआईपी कक्षको पनि सुविधा छ ।

    कार्यक्रमको उच्च स्तरको व्यवस्थापनका लागि द प्लाजाले आवश्यकताअनुसार आधुनिक र उच्च प्रविधिको साउण्ड तथा लाइट, साँस्कृतिक कार्यक्रम, मल्टिमिडिया र अडियो भिजुअलसहितको प्रवन्ध गर्ने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend