logo

बुधबार, १२ कार्तिक २०८३

logo

बुधबार, १२ कार्तिक २०८३   |   03:58 PM

  • ‘नेपाल एडभेन्चर एक्स्पो’ को दोस्रो संस्करण  सम्पन्न

    ‘नेपाल एडभेन्चर एक्स्पो’ को दोस्रो संस्करण  सम्पन्न


    पर्यटन नेपाल

    शनिबार, २९ मंसिर २०८१


    काठमाडौँ । एआर भेन्चर्सद्वारा आयोजित ‘नेपाल एडभेन्चर एक्स्पो’को दोस्रो संस्करण सम्पन्न भएको छ ।

    एक्स्पो नागपोखरीस्थित अरण्य बुटिक होटलमा आज बिहान १० बजेदेखि साँझ ६ बजेसम्म चलेको थियो ।

    एक्स्पोलाई नेपाल पर्यटन बोर्डले सहकार्य र प्रवद्र्धन गरेको थियो भने इन्टरनेट पार्टनरमा क्लासिटेक, भेन्यु पार्टनरमा अरण्य बुटिक होटेल र डिजाइन पार्टनरमा सत्य मिडिया कोलेभोरेटिभ रहेका थिए ।

    आयोजक सोनाम जाङ्बु शेर्पाका अनुसार यसअघि नेपालमै पहिलो पटक ‘नेपाल एडभेन्चर एक्स्पो’ को पहिलो संस्करण दरबारमार्गस्थित अन्नपूर्ण होटलमा सफलतापूर्वक सम्पन्न भएको थियो ।

    शेर्पाले दोस्रो संस्करणको एक्स्पो सफलतापूर्वक सम्पन्न भएको जानकारी दिए । उनका अनुसार नेपालको भौतिक, सांस्कृतिक तथा प्राकृतिक सौन्दर्यको प्रवद्र्धन, पद–यात्रा, ट्रेकिङ, हिमाल आरोहण र विभिन्न साहसिक पर्यटकीय गतिविधिहरूमा प्रयोग हुने स्वदेशी तथा विदेशी ब्रान्डका सामानहरूको प्रदर्शन, किनमेल र नेपालीहरूलाई साहसिक पर्यटन गतिविधिहरूमा प्रोत्साहित गर्ने उद्देश्यसहित ‘नेपाल एडभेन्चर एक्स्पो’ को दोस्रो संस्करण गरिएको हो ।

    एक्स्पोमा एक सयभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डका स्टलहरु राखिएका थिए भने दुई हजार पाँच सय भन्दा बढी नेपाली व्यवसायी, ग्राहक तथा अन्तर्राष्ट्रिय पर्यटकहरूले एक्सपोको भ्रमण गरेको उनले जानकारी दिए ।

    एक्स्पोमा पिक प्रमोसन ट्रेडिङ, हिमालयन सिङ्गल ट्रर्याक, स्वीचव्याक नेपाल, द लस्ट रिसोर्ट, एपिक माउन्टेन बाइक, बि.एण्ड बि. अस्पताल, द बाइक फर्म, फलयिङग वन्डरस प्यारागलाइडिंग स्कुल, हुम्टो, ग्रभिटी नेपाल, हिमालयन मेडिक्स, द नर्थ फेस, आरोहण, काठमाडौँ बाइक स्टेसन, हिरो मोटो कर्प नेपाल, लुक्ला आउटडोर, सत्य मिडिया कलेक्टिभ, शान्त नेपाली प्रडक्शन, डुलुवा आउटडोर्स, हिमालयन एभरेस्ट इन्सुरेन्स, स्योसल टुर्स, ल्युमिन एण्ड नेपाल, हिमालयन एड्भेन्चर ल्याब, सिएफ मोटो, स्न्याक अन नेपाल, श्रेडर्स, ट्रेलमन्डु, नेपाल ट्रेल सिरिज, एड्भेंजी, सप्लाई सप्पोर्ट, आशस हेल्थ केर, गेको गेयर, द पम्प, क्लकवर्क ट्रेल्स, हाइटेड नेपाल, ८८५० मिडिया लगायतको स्टलहरू राखिएका थिए ।

    एक्स्पोबारे जानकारी दिदैँ आयोजकका संस्थापक अजयनरसिंह राणाले भने, ‘नेपाल एडभेन्चर एक्स्पो एक वार्षिक कार्यक्रम हो, जसले साहसिक, बाहिरी सौन्दर्य प्रेमी, यात्री र उद्योग व्यवसायीहरूलाई आकर्षित गर्ने छ ।

    साथै साहसिक खेलहरू, यात्राका गन्तव्यहरू, क्याम्पिङ गियर, आउटडोर उपकरणहरू, चरम खेलहरू, एक्सट्रिम स्पोर्टस र वेलनेससँग सम्बन्धित नवीनतम र सबैभन्दा राम्रो उत्पादन, सेवा र अनुभवहरू प्रस्तुत गर्न यो एक विशेष कार्यक्रम हो ।’

    एक्स्पोमा पर्यटन क्षेत्रमा आबद्ध व्यक्तित्वहरूबाट अनुभवका कथा, यात्राको बारेमा कार्यशाला र साहसिक पर्यटनसम्बन्धी वृत्तचित्र प्रदर्शनसमेत गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend