रसुवा । रसुवागढीस्थित सीमा क्षेत्रमा निर्माणाधीन भन्सार कार्यालय भवन अन्तिम चरणमा पुगेको छ ।
एकै स्थानबाट भन्सार बैङ्क तथा अध्यागमन समेतको सेवा दिन छ वर्ष अघि निर्माण सुरु भएको एकीकृत भन्सारको सो भवनमा ढलान गरिएको र पलाष्टरलगायत काम अन्तिम चरणमा पुगेको हो ।
सीमा एवं भन्सार कार्यालयको लागि सुरक्षा टोली बस्ने भवन भने रसुवागढी क्षेत्रमै छुट्टै निर्माण भइसकेको छ ।