logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   10:33 AM

  • विमानस्थलमा देखिएका समस्या पहिचान गरी १५ दिनभित्र कार्ययोजना बनाउन मन्त्रि पाण्डेको निर्देशन

    विमानस्थलमा देखिएका समस्या पहिचान गरी १५ दिनभित्र कार्ययोजना बनाउन मन्त्रि पाण्डेको निर्देशन


    पर्यटन नेपाल

    सोमबार, ८ पुष २०८१


    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निकायलाई निर्देशन दिएका छन् ।

    मन्त्री पाण्डेले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटक सेवामा सहजीकरण गर्न सरोकारवालाहरुलाई निर्देशन दिएका हुन् ।

    त्रिभुवन विमानस्थल विदेशीका लागि प्रमुख प्रवेशद्वार भएकाले यहाँका कर्मचारीले राष्ट्रिय पहिचान झल्किने खालको पोसाक लगाउन मन्त्री पाण्डेले आग्रह गरे ।

    उनले भने, ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल संवेदनशील क्षेत्र हो । राजनीतिक मान्छेको सरल पहुँच भएका कारण यस क्षेत्रको धेरै गुनासो आउने गरेको छ । सुरक्षा निकायको भूमिका अझैं प्रभावकारी बनाउनुपर्ने देखिन्छ । हाम्रा सेवा यात्रुमैत्री हुन जरुरी छ । एक पटक आउने विदेशी पर्यटकलाई पटक–पटक आउने खालको वातावरण बनाउनुपर्छ ।’

    उनलेले वार्षिक ४६ लाख यात्रु क्षमता भएको त्रिभुवन विमानस्थलले हाल ९० लाखलाई सेवा दिनुपर्ने बाध्यता रहेको बताए ।

    मन्त्रि पाण्डेले भन्सार, अध्यागमन, एयरलाइन्स, प्राधिकरण कसले के–के काम गर्ने र कति समयभित्र गर्ने भनी प्राथमिकीकरण गर्न समेत निर्देशन दिएका छन् ।

    प्रविधिमैत्री सेवा प्रवाह गरी सेवा चुस्तदुरुस्त पारि विमानस्थलमा देखिएका समस्या पहिचान गरी १५ दिनभित्र कार्ययोजना बनाएर अघि बढ्न उनले निर्देशन दिए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend