logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   07:00 AM

  • अछामको कमलबजार विमानस्थलमा ३२ वर्षपछि परीक्षण उडान

    अछामको कमलबजार विमानस्थलमा ३२ वर्षपछि परीक्षण उडान


    पर्यटन नेपाल

    शनिबार, १३ पुष २०८१


    काठमाडौँ । अछामको कमलबजार नगरपालिकाको विमानस्थलमा आज परीक्षण उडान हुँदै छ ।

    आज तारा एयरको जहाजलाई कमलबजार विमानस्थलमा अवतरण गरि निरिक्षण गरिने भएको हो ।

    परीक्षण उडानका लागी संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, निर्देशक बाबुराम पौडेल लगायतको टोली कमलबजार जाने भएको छ ।

    निर्माण सुरु भएको ३२ वर्षपछि विमानस्थलमा परीक्षण उडान हुन लागेको हो । आर्थिक वर्ष २०८०/०८१ मा विनियोजित बजेटले विमानस्थलमा ग्राभेल गरिएपछि परीक्षण उडान हुन लागेको हो ।

    कमलबजार विमानस्थलको निर्माण कार्य २०४९ सालमा सुरु गरिएको थियो । २०४८ सालमा ४ करोड ६३ लाख रुपैयाँको लागतमा निर्माण गर्ने इस्टिमेट गरिएको यो परियोजनामा प्रारम्भिक चरणमै २ करोड ५० लाख रुपैयाँ खर्च भएको थियो ।

    २०५८ सालमा निर्माण सम्पन्न भई सञ्चालनको तयारी भइरहेका बेला तत्कालीन विद्रोही नेकपा माओवादीको आक्रमणले विमानस्थल बन्द हुन पुग्यो ।

    विमानस्थल सञ्चालन हुन नसक्दा स्थानीय बासिन्दाले यसलाई गाईबस्तु चराउने गौचरन, पार्टी कार्यक्रम तथा खेलकुद गतिविधिका लागि प्रयोग गर्दै आएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend