काठमाडौँ । स्वास्थ्य मन्त्री मोहन बस्नेत कुस्माको स्काई क्याफेमा पुगेका छन् । मन्त्री बस्नेत आफ्नो परिवारसहित कुस्माको स्काई क्याफे पुगेका हुन् ।
कुस्मा र बाग्लुङबीचको कालीगण्डकी नदी खोँचमा नदीदेखि २ सय ५५ मिटर अग्लो भिरमा स्टिलको डोरीमा झुन्ड्याएर निर्माण गरिएको स्काइ क्याफे अहिले निकै चर्चित छ ।
मन्त्री बस्नेतले परिवारसहित क्याफेमा एक रात बिताए । शनिवार बिहान उनीहरूले स्काई क्याफेमा मनोरञ्जन लिएर फर्किए ।
राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बागलुङ बलेवा जोड्ने गरी बनाइएको द क्लिफमा विश्वकै अग्लो स्विङ र विश्वकै दोस्रो अग्लो बन्जी जम्प निर्माण गरिएको छ ।
बन्जी र स्विङसँगै क्लिफमा रिसोर्ट, विश्वकै अग्लो व्यावसायिक स्काइ साइकल, वाल क्लाइम्बिङ, स्काइ क्याफे, गुलेली पिङ, क्रेजी ब्रिज, स्काइ ग्लाइडिङ लगायत गतिविधि सञ्चालनमा छन् ।