काठमाडौँ । बन्दिपुर भ्रमण वर्ष २०२५ सुरु भएको छ । बन्दिपुरको पर्यटनलाई अन्तरराष्ट्रियकरण गर्न ‘बन्दिपुर भ्रमण वर्ष २०२५’ मनाउन लागिएको हो ।
यहि अवसरमा बन्दीपुर गाउँपालिका र बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेड (बन्दीपुर हिल) बीच सहकार्य गर्ने सम्झौता भएको छ । बन्पिुर भ्रमण वर्ष २०३५ लाई सफल बनाउनको लागि सम्झौता गरिएको हो ।
बन्दीपुर भ्रमण वर्ष २०२५ कार्यक्रमको सह(आयोजकको रूपमा बन्दीपुरहिल रहने भएको छ ।
बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापा र बन्दीपुरहिलका अध्यक्ष रामचन्द्र शर्मा बिच उक्त सम्झौतामा कम्पनीका अधिकृत लक्ष्मी प्रसाद सापकोटा र बन्दीपुर भ्रमण वर्ष २०२५ का संयोजक बैश बहादुर गुरुङले हस्ताक्षर गरेका छन् ।
यस सहकार्यले पर्यटन प्रवर्द्धनलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।
बन्दीपुर हिलले केबलकारको प्रत्येक टिकट बिक्रीबाट बन्दीपुर भ्रमण वर्ष २०२५ सचिवालयको कार्यालयलाई प्रति टिकट ३० रूपैयाँसम्म प्रदान गर्ने छ ।
कम्पनीले मुख्य पर्यटकीय स्थानहरूमा प्रचार सामग्री जस्तै ब्यानर, पोस्टर, होडिङ बोर्ड राख्न पाउनेछ भने कार्यक्रमका सबै प्रचार सामग्री र लोगोमा बन्दीपुर हिलको नाम सह(आयोजकको रूपमा समावेश गर्ने छ ।
केबलकारको बटम स्टेसनमा निःशुल्क पार्किङ सुविधा पनि उपलब्ध गराइने छ । स्थानीय व्यवसाय, रोजगारी र पर्यटन विकासलाई प्रवर्द्धन गर्दै भ्रमण वर्षलाई भव्य रूपमा सफल बनाउन दुवै पक्षले प्रतिबद्धता जनाएका छन् ।