काठमाडौँ । पाँचतारे होटल ‘ह्यात प्लेस’ को ब्रान्ड परिवर्तन भएको छ ।
ह्यात प्लेस सञ्चालक सिटी होटल लिमिटेडले होटलको ब्रान्ड परिवर्तन गरी ‘ह्यात सेन्ट्रिक’ बनाइएको हो ।
ह्यात १० रोपनी क्षेत्रफलमा बनेको होटेल हो । यहाँ जम्मा १ सय ५३ कोठा सञ्चालनमा रहेका छन् ।
सबै कोठा नेपाली सांस्कृतिक वातावरण झल्को दिने गरी बनाइएको छ ।
ह्यात प्लेस ब्रान्डमा यो पाँचतारे होटल सञ्चालन गरिदै आएको थियो । होटलमा ब्रेकफास्ट बार, जिङ वल्र्ड, जिङ स्काई बार, ब्यांक्वेट हल, सम्मेलन कक्ष, फिटनेस सेन्टर रहेका छन् ।
यस होटलको हाल सेयर मूल्य प्रतिकित्ता ८ सय ६० रुपैयाँ हाराहारी रहेको छ ।