logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:49 AM

  • आज प्रतिकूल मौसमका कारण उडान प्रभावित

    आज प्रतिकूल मौसमका कारण उडान प्रभावित


    पर्यटन नेपाल

    आइतबार, २१ पुष २०८१


    काठमाडौँ । प्रतिकुल मौसमका कारण उडान प्रभावित भएका छन् ।

    आइतबार धेरै जसो विमानस्थलमा प्रतिकुल मौसमका कारण उडान प्रभावित भएका हुन् ।

    त्रिभुवन विमानस्थलमा भने उडान सामान्य रहेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

    पहाड र तराईका अधिकांस भु-भागमा बाक्लो हुस्सुका कारण उडानहरु प्रभाबित हुने गर्दछन् ।

    बाक्लो हुस्सुका कारण आज बिहानका अधिकांश आन्तरिक उडान डिले भएको छ ।

    आज १० बजेपछि मात्रै हुस्सु खुल्न थालेपछि तुम्लिङटार, विराटनगर, जनकपुर र नेपालगन्जमा उडान हुन थालेको हो । तथापि उडानहरु भने प्रभावित भएका छन् ।

    आज बिहान भद्रपुर, भरतपुर र पोखरा बाहेकका विमानस्थलमा उडान हुन सकेन ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend