logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:49 AM

  • सगरमाथा क्षेत्रमा हेलिकोप्टर उडान स्थगन

    सगरमाथा क्षेत्रमा हेलिकोप्टर उडान स्थगन


    पर्यटन नेपाल

    आइतबार, २१ पुष २०८१


    काठमाडौँ । सगरमाथा क्षेत्रमा हेलिकोप्टरको उडान स्थगन भएको छ ।

    वायुसेवा सञ्चालक संघ नेपालले हेलिकोप्टर सुरक्षामा प्रश्न उब्जिएको भन्दै आइतबारदेखि सबै वायुसेवा कम्पनीका हेलिकोप्टर उडान रोक्ने निर्णय गरेको हो ।

    वायुसेवा सञ्चालक संघले यो विषयमा पटक पटक बार्ता गर्दा पनि कुनै निर्क्योलमा पुग्न नसकेको र खुम्बु क्षेत्रका हेलिप्याडमा झण्डा गाडी अवरोध सिर्जना गरिएकाले सुरक्षाको प्रत्याभूति नहुन्जेल हेलिकोप्टर उडान नगर्ने बताएको छ ।

    संघले सगरमाथा निकुञ्ज क्षेत्रमा उडान भर्ने वायुसेवा कम्पनीले पनि सुरक्षाको पूर्ण प्रत्याभूति नभएको खण्डमा क्रमशः आफ्ना उडान स्थगन गर्ने व्यहोरा विज्ञप्तिमा उल्लेख गरेको छ ।

    सघंले त्यस क्षेत्रमा सुरक्षाको प्रत्याभूति नभएसम्म हवाई उडान समेत क्रमशः स्थगित गर्दै जाने बताएकाे छ ।

    सगरमाथा राष्ट्रिय निकुञ्ज, खुम्बु पासाङल्हामु गाउँपालिका लगायत अन्य स्थानीय युवा समूह तथा संघ संस्थाले निकुञ्ज क्षेत्रमा हेलिकोप्टर उडान तथा अवतरणका कारण निकुञ्जको वन, वातावरण तथा वन्यजन्तुको सुरक्षा तथा वासस्थान संरक्षणमा चुनौती थपिएको भन्दै १७ पुसदेखि हेलिकोप्टर उडानमा रोक लगाएका थिए ।

    स्थानीयको अवरोधका कारण आपत्कालीन अवतरण गर्नु पर्ने अवस्था सिर्जना भएको खण्डमा समेत अवतरण गर्ने स्थान नरहेको तथा स्थानीय समूहले चालक दलका सदस्यलाई कारबाही गर्ने धम्की दिएको पनि संघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend