काठमाडौँ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिराले नियमित रुपमा उडान भर्ने भएको छ ।
माघ २९ (फेब्रुअरी ३) देखि जजिराले नियमित खरुपमा उडान भर्न लागेको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार भैरहवाबाट अहिले नेपाल एयरलाइन्स र फ्लाइ दुबईले उडान गरिरहेका छन् ।
विदेश जाने यात्रुुहरूका लागि ५ सय मिटरमै सबै सेवा उपलब्ध गराउने प्रतिबद्धतासहित अघि बढे भैरहवा र पोखरा विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आउने प्राधिकरण जनाएको छ ।
हिमालय एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा-ल्हासा उडानका लागि पहल गरिरहेको छ ।