logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   10:13 AM

  • पर्यतारोहीका लागि कल्याणकारी कोष बनाउँछौँ : मन्त्री पाण्डे

    पर्यतारोहीका लागि कल्याणकारी कोष बनाउँछौँ : मन्त्री पाण्डे


    पर्यटन नेपाल

    आइतबार, १३ माघ २०८१


    काठमाडौँ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पर्वतारोहणीका लागि कल्याणकारी कोष बनाउने उद्घोष गरेका छन् ।

    आईतबार गोरखाको चुमनुब्री गाउँपालिकाद्वारा आयोजित सबै भन्दा छोटो समयमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरि विश्व किर्तिमान् कायम गर्न सफल फुन्जो जाङ्मो लामासहितका आरोहीलाई सम्मान गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् ।

    मन्त्री पाण्डेले भने, ‘पर्वतारोहणीका लागि कल्याणकारी कोष बनाउँदै छौं । पर्यटन विभागले पर्वतारोहणका क्रममा रहनु भएकाहरू लक्षित कल्याणकारी कोष बनाउनेबारे छलफल अघि बढाएको छ । कोही पनि पर्वतारोहण गर्दा अफ्ट्यारो पर्दा सरकार साथमा छ भन्ने आभास दिलाउने छौं ।’

    उनले मुलुक संस्कृति र प्रकृतिले विविधतायुक्त रहेको उल्लेख गर्दै पर्यटकहरूका लागि समेथ उपयुक्त गन्तव्य रहेको बताए ।

    मन्त्री पाण्डेले नेपालमा पर्यटकहरू भित्र्याउनका लागि नेपालको आकाश सुरक्षित र चलायमान छ भन्ने वातावरण बनाउन सकेको अवस्थामा र अफ्ट्यारो पर्दा सहज रूपमा उद्वार गरेन सकिएको अवस्थामा पर्यटकहरू सहजै रूपमा आउने समेत दाबी गरे ।

    मन्त्री पाण्डेले पर्यटकहरूलाई अथितिदेवो भवको सत्कार दिएको अवस्थामा एक पटक आएको पर्यटक पटकपटक आउने समत दाबी गरे ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend