logo

बुधबार, १२ कार्तिक २०८३

logo

बुधबार, १२ कार्तिक २०८३   |   12:12 PM

  • जलपर्यटन प्रवर्द्धन गर्न महाकाली नदीमा जलयात्रा

    जलपर्यटन प्रवर्द्धन गर्न महाकाली नदीमा जलयात्रा


    पर्यटन नेपाल

    आइतबार, २० माघ २०८१


    काठमाडौँ । महाकाली नदीमा जलयात्रा आयोजना गरिएको छ ।

    कञ्चनपुरको महेन्द्रनगरमा जारी अन्तरराष्ट्रिय युवा सम्मेलनका अवसरमा महाकाली नदीमा जलयात्रा आयोजना गरिएको हाे ।

    अक्सफाम नेपालको सहयोगमा राष्ट्रिय वातावरण तथा सम विकास समाज (निड्स) नेपाललगायत संस्थाको सहकार्यमा आयाेजना गरिएकाे महाकाली नदिकाे जलयात्रामा १५० जनाकाे सहभागी रहेकाे छ । शुक्रबारदेखि सुरु भएकाे उक्त सम्मेलन तीनदिनसम्म हुने छ ।

    सम्मेलनमा नेपाल, भारत र बङ्गलादेशका युवाहरूको सहभागिता रहेको छ ।

    निड्स नेपालका परियोजना संयोजक आरती अवस्थीले अन्तरदेशीय सम्बन्ध सुधार र महाकालीमा जलपर्यटन विकास र प्रवर्द्धनका लागि जलयात्रा कार्यक्रम आयोजना गरिएको जानकारी दिईन् ।

    Oplus_131072

    महाकाली नदीमा जलपर्यटन प्रवर्द्धनका लागि सन्देश दिने उद्देश्यले तीनै देशका प्रतिनिधिसहित जलयात्रा आयोजना गरिएकाे हाे ।

    साे कार्यक्रममा सहभागी नेपाल एसोसिएसन अफ -याफ्टिङ एजेन्सिज (नारा)का निवर्तमान अध्यक्ष शिव अधिकारीले जलपर्यटनका दृष्टिले विश्वप्रसिद्ध महाकाली नदीमा जलयात्रा प्रवर्द्धनका लागि यो अभियान महत्वपूर्ण हुने बताए ।

    उनले भने, `भारतीय पक्षसँगको समन्वयमा तीनै तहका सरकारले सहकार्य गरी महाकाली नदीको पर्यटकीय सम्भावनाको सदुपयोग गर्न आवश्यक रहेको छ । महाकाली नदीमा साहसिक गतिविधि, यसको सांस्कृतिक महत्व र सम्भावनालाई विश्वभर प्रचार गर्ने कार्यमा हामी सबै जुट्न आवश्यक छ । यसबाट स्थानीय समुदायलाई रोजगारीका अवसर र आर्थिक प्रगतिमा टेवा पुग्नेछ ।´

    महाकाली नदी सुदूरपश्चिम प्रदेशको एक अमूल्य वरदानका रूपमा विकसित हुनसक्ने थुप्रै सम्भावना छन् र यसको अद्भुत प्राकृतिक सौन्दर्य र साहसिक गतिविधिहरूले पर्यटकलाई आकर्षित गर्न सकिने उनले बताए ।

    अधिकारीले भने, `तीन देशका युवाहरू सम्मिलित आजको कार्यक्रमले पनि एउटा सन्देश प्रवाह भएको छ । यस्तै गतिविधिका साथ यहाँ पर्यटन सम्भावनाहरूको पूर्ण उपयोगका लागि प्रचारप्रसारमा जुट्न आवश्यक छ ।´

    Oplus_131072

    सीमावर्ती नदी महाकालीको पानी सदुपयोग, जलवायु परिवर्तन, जीविकोपार्जन र महिला सशक्तीकरण जस्ता मुद्दाहरूबारे छलफल गर्न अन्तरराष्ट्रिय युवा सम्मेलनका अवसरमा महाकाली नदीमा जलयात्रा आयोजना गरिएको हाे।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend