logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   09:14 AM

  • स्रष्टाको सम्मानका लागि कार्यविधि बनाउँछौंः मन्त्री पाण्डे

    स्रष्टाको सम्मानका लागि कार्यविधि बनाउँछौंः मन्त्री पाण्डे


    पर्यटन नेपाल

    आइतबार, ४ फाल्गुन २०८१


    काठमाडौँ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले स्रष्टाको सम्मानका लागि सरकारले कार्यविधि बनाएर अघि बढ्ने विश्वास व्यक्त गर्नु गरेका छन् ।

    शनिबार संगीतकार स्वर्गीय गोपाल योञ्जनको पुस्तक ‘गोपाल योञ्जन’ को विमोचन गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् ।

    मन्त्री पाण्डेले भने, ‘गोपाल योञ्जनको सांगीतिक क्षेत्रको योगदान अतुलनीय छ । उनले रचना गरेका गीत, संगितहरू अझै पनि उत्तिकै लोकप्रिय छन् । राज्यले गर्नुपर्ने काम उनको परिवारले नै गर्नु भएको प्रति कृतज्ञता प्रकट गर्दछु ।

    उनले भने, ‘संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान तथा नेपाल संगीत तथा नाट्यकला प्रतिष्ठान रहेको उल्लेख गदै स्रष्टाको सम्मानका लागि सरकारले कार्यविधि बनाएर अघि बढ्ने प्रतिवद्वता व्यक्त गर्न चाहान्छु ।’

    १०८ लेखकले संयुक्तरूपमा लेखेको उक्त पुस्तक निकै महत्त्वपूर्ण रहेको उल्लेख गर्दै मन्त्री पाण्डेले गोपाल योञ्जनलाई जिवन्त राख्नका लागि तीनवटै तहका सरकारसँग समन्वयात्मक ढंगले अघि बढ्नेसमेत बताए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend