logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   01:36 PM

  • कमलादीको स्काइवाक टावरमा प्रधानमन्त्री ओली

    कमलादीको स्काइवाक टावरमा प्रधानमन्त्री ओली


    पर्यटन नेपाल

    बुधबार, ७ फाल्गुन २०८१


    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँको कमलादीमा रहेको स्वाइवाक टावरको अवलोकन भ्रमण गरेका छन् ।

    प्रजातन्त्र दिवसका अलसरमा टावरको टुप्पामा नेपालको राष्ट्रिय झन्डाको झन्डोत्तोलन गर्दै प्रधानमन्त्री ओलीले बालकदेखि बृद्धसम्म सबैका लागि सहज हुने आकर्षक गन्तव्य स्काइवाक टावर रहेको प्रतिक्रिया दिएका छन् ।

    पत्नी राधिका शाक्य र आफ्ना सचिवालय सदस्यसहित सार्वजनिक बिदाको अवसर पारेर प्रधानमन्त्रीको भ्रमणले पर्यटन ब्यवसाय क्षेत्रमा हौसला मिलेको स्काइवाक टावरका प्रबन्ध निर्देशक विष्णुहरि पाण्डेले बताए । त्यसअवसरमा उहाँले टावरक बाइसौं तलामा रहेको स्काइ रेस्टुरेन्टमा खाजा खाएका थिए।

    कुल ७८।५ मिटर अग्लो टावरमा जमिनको सतहबाट ६५ मिटर उचाइमा सिसामा स्काइवाक गरिन्छ । सिसामाथि हिँडेर साहसिक मज्जा लिनका लागि काठमाडौंमा यो एकमात्र गन्तव्य हो । परियोजनाका लागि करिब २ अर्ब रुपैयाँ लगानी भएको छ ।

    स्काइवाकमार्फत हेर्दा रानीपोखरी र घण्टाघर टावरको आँगनमै रहेको जस्तो भान हुन्छ ।

    २५ तल्ला रहेको टावरमा २२ तलासम्म लिफ्ट चडेर र बाँकी तीन तलामा सिँढीमार्फत माथि जान सकिन्छ । दुई वटा लिफ्ट सुविधा रहेको टावरमा एक पटकमा ४५ जनाभन्दा धेरै मानिस तलमाथि गर्न सक्ने क्षमता छ ।

    टावरको २५औं तला साहसिक तला हो। त्यहाँ पुगेपछि सिसा ओच्छाइएको भुइँमा हिड्न पाइन्छ । त्यहाँ हिँड्दा खुला खाकाशमा हिँडेजस्तो अनुभव हुन्छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend