काठमाडौँ । नेपाल वायुसेवा निगम र जापान एयरलाइन्सबीच सम्झौता भएको छ ।
निगम र जापान एयरलाइन्सबीच व्यापार विस्तारको लागि द्विपक्षीय सम्झौता भएको हो ।
निगमको टिकटबाट जापान एयरलाइन्सको कनेक्टिङ फ्लाइटमार्फत् विश्वभरीको अन्तिम गन्तव्यसम्मको लागि यात्रुले व्यागेज चेक-इन सुविधा पाउने भएका छन् ।
निगमको व्यापार विस्तार हुनुको साथै समग्र देशको पर्यटन प्रवर्द्धन र विकास तथा विदेशी मुद्रा आर्जनमा टेवा पुग्ने निगमले जनाएको छ ।
सिधा उडान मार्फत जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलसम्म निगमको जहाजमा र त्यसपछिको छोटो तथा छिटो कनेक्टिङ फ्लाइट मार्फत विभिन्न अमेरिकी तथा पश्चिमा मुलुक एवं कोरियाको यात्रा गर्न सकिने भएको छ ।
उक्त नेटवर्क हुँदै विश्वभरीबाट पर्यटकहरू सहज रूपमा नेपाल भ्रमण गर्न सक्ने छन् ।
यस सम्झौताबाट नेपाल र जापानबीचको आर्थिक एवं व्यवसायिक सम्बन्ध थप सुदृढ विश्वास गरिएको छ ।