logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   07:12 AM

  • पूर्व सांसदको होटलमा आगलागी, राति १ बजे लागेको आगो ४ बजे नियन्त्रणमा

    पूर्व सांसदको होटलमा आगलागी, राति १ बजे लागेको आगो ४ बजे नियन्त्रणमा


    पर्यटन नेपाल

    बिहिबार, १५ फाल्गुन २०८१


    काठमाडौँ । मुगु राराको डाँफे होटलमा आगलागी भएको छ ।

    छाँयानाथ रारा नगरपालिका-९ रारा तालनजिक रहेको डाँफे होटलमा आगलागी भएको हो ।

    राष्ट्रिय निकुञ्जभित्र रहेको उक्त होटलका पाँच वटा घरटहरा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मुगुलृ जनाएको छ ।

    आगलागी गएराति १ बजेतिर भएको र सेना, प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएर ३स्५५ बजे आगलागी पूर्ण नियन्त्रणमा लिएका थिए ।

    सो होटल पूर्वसांसद गोपाल बमको हो ।

    होटलमा रहेका पाहुनाहरू आगलागी भएको थाहा पाएपछि होटलबाट बाहिरिएका थिए । केहीलाई उद्धार पनि गरिएको थियो ।

    पाहुनाहरूलाई नजिकै रहेका अन्य होटलहरूमा राखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend