logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   09:12 AM

  • हिमालय एयरलाइन्सले पोखरा-ल्हासा उडान भर्दै

    हिमालय एयरलाइन्सले पोखरा-ल्हासा उडान भर्दै


    पर्यटन नेपाल

    शनिबार, २४ फाल्गुन २०८१


    काठमडौँ । हिमालय एयरलाइन्सले पोखरा-ल्हासा उडान सुरू गर्ने भएको छ ।

    आगामी चैत्र १८ (मार्च ३१) देखि हिमालय एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित रुपमा व्यवसायिक उडान गर्ने भएको हो ।

    एयरलाइन्सले काठमाडौँ-ल्हासा-पोखरा-ल्हासा-काठमाडौँ सातामा एउटा उडान गर्ने बताएको छ ।

    हिमालयले व्यवसायिक उडान थालेसँगै यो नै पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्ने पहिलो वायुसेवा बन्नेछ ।

    अहिलेसम्मको योजना अनुसार एयरलाइन्सले चैत्र १८ गते बिहान ८:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं-ल्हासा उडान गर्ने जनाएको छ ।

    त्यस्तै चीनको स्थानीय समयअनुसार १२:०५ बजे ल्हासाको गोंगर विमानस्थलमा अवतरण हुनेछ । सोही जहाज स्थानीय समयअनुसार १२:४५ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ ।

    नेपाल र चीनबीचको हवाई सम्बन्धलाई सुदृढ गर्ने लक्ष्यका साथ यो गन्तव्यमा व्यवसायिक उडान गर्न लागेको कम्पनीले प्रेस विज्ञप्तीमार्फत बताएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend