logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   07:52 AM

  • आन्तरिक पर्यटकले नै भरिभराउ रारा, व्यवस्थापन गर्नै गाह्रो

    आन्तरिक पर्यटकले नै भरिभराउ रारा, व्यवस्थापन गर्नै गाह्रो


    पर्यटन नेपाल

    आइतबार, १२ कार्तिक २०८०


    काठमाडौँ । दशैँ सकिए लगत्तै नेपालीहरू विभिन्न गन्तव्यमा घुम्न पुगेका छन् । प्रायः सबैजसो पर्यटकीय गन्तव्यहरू यति बेला स्वदेशी पर्यटकले भरिभराउ छन् ।

    मुगु जिल्लामा रहेको रारा तालमा पर्यटकको सङ्ख्या बढेसँगै बुकिङ गरेर मात्र जान व्यवसायीहरूले अनुरोध गरेका छन् । पर्यटकीय सिजन र चाडपर्व चलिरहेकाले बिदाका समयमा रारा घुम्ने पर्यटकको सङ्ख्या ह्वात्तै बढेपछि व्यवसायीहरूले यस्तो आग्रह गरेका हुन् ।

    रारामा हाल दुई सय जना बस्न मिल्ने क्षमताका रेस्टुरेन्ट छन् । क्षमताभन्दा बढी पर्यटक पुगेपछि व्यवस्थापनमा समेत समस्या भइरहेको छ । अहिले रारा घुम्न दैनिक सात सयभन्दा बढी आन्तरिक पर्यटकहरू पुग्ने गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend