logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   01:37 PM

  • नेपाल नाइट : स्टविट्जरल्याण्डका पर्यटकहरुलाई नेपाल भ्रमणको निम्तो

    नेपाल नाइट : स्टविट्जरल्याण्डका पर्यटकहरुलाई नेपाल भ्रमणको निम्तो


    पर्यटन नेपाल

    बुधबार, १३ चैत्र २०८१


    काठमाडौँ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघका लागि नेपाल स्थायी मिशन, जेनेभाको सहकार्यमा जेनेभामा आयोजित नेपाल नाइटू मा स्विट्जरल्याण्डका पर्यटकहरुलाई नेपाल भ्रमणका लागि आग्रह गरिएको छ ।

    जेनेभमा सोमबार सम्पन्‍न नेपाल नाइटु को अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव एवं नेपाल पर्यटन बोर्डका अध्यक्ष बिनोद प्रकाश सिंहले नेपालका प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, साहसिक पर्यटनका अवसरहरू तथा नेपाली आतिथ्य संस्कृतिको विशेषता प्रस्तुत गर्दै स्वीट्जरल्याण्डका पर्यटकहरूलाई नेपाल भ्रमण गर्न आह्वान गरेका हुन् ।

    सचिव सिंहले नेपाल र स्वीट्जरल्याण्डबीच सन् १९५६ देखि कायम कूटनीतिक सम्बन्धको चर्चा गर्दै यी दुई देशका भौगोलिक समानताहरू र स्वीट्जरल्याण्डले नेपालको पूर्वाधार, प्रविधि तथा पर्यटन प्रवर्द्धनमा पुर्‍याएको योगदानलाई पनि स्मरण गरेका छन् ।

    उनले प्रसिद्ध स्विस भूगर्भविद् तथा अन्वेषक डा। टोनी ह्यागेनले नेपाललाई विश्वसामु चिनाउन गरेको योगदानको उच्च प्रशंसासमेत गरेका छन् ।

    उनले थपे, ‘स्वीट्जरल्याण्डका यात्रा व्यवसायी तथा सञ्चारकर्मीलाई नेपाललाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्न आग्रहसमेत गर्दछु ।’

    नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक खड्गविक्रम शाहले नेपालको पर्यटकीय विविधता, रमणीय भू(दृश्य, पर्यटनका नयाँ पहल तथा नीति सम्बन्धी विस्तृत प्रस्तुति दिए ।

    पर्यटन विभागका महानिर्देशक डा। नारायण प्रसाद रेग्मीले नेपालमा थप स्विस पर्यटक तथा लगानीकर्ताहरूलाई स्वागत गर्न नेपाल पूर्ण रूपमा तयार रहेको जानकारी गराए । कार्यक्रमको संयोजन नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत कुण्दन शर्मा मिश्राले गरेका हुन् ।

    कार्यक्रममा सहभागीमध्येबाट एक जनालाई ७-दिनको नेपाल भ्रमणका लागि लक्की ड्र गराइएको थियो ।

    जसमा संयुक्त राष्ट्रसंघ कार्यालय तथा अन्य अन्तर्राष्ट्रिय संस्थाहरूका लागि रुसी स्थायी प्रतिनिधि गेन्‍नादी गाटिलोभले उक्त लक्की ड्र जितेका छन् ।

    स्वीट्जरल्यान्ड र आसपासका क्षेत्रहरूमा नेपालको पर्यटन उपस्थिति बढाउने उद्देश्यका साथ आयोजित यस कार्यक्रमले नेपाललाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने महत्वपूर्ण अवसर भएको बोर्डले जनाएको छ ।

    कार्यक्रममा विभिन्‍न मुलुकका कूटनीतिज्ञ, सरकारी अधिकारी, यात्रा व्यवसायी, संचारकर्मी तथा पर्यटन क्षेत्रका सरोकारवालाहरूसहित करिब ६० विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

    नेपालका लागि संयुक्त राष्ट्रसंघ स्थायी प्रतिनिधि रामप्रसाद सुवेदीले स्वागत मन्तव्य दिँदै नेपालको पर्यटन क्षमताका बारेमा जानकारी गराएका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend