logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   09:33 AM

  • सिद्धार्थ कटेज धोविघाटमा मःमः महोत्सव

    सिद्धार्थ कटेज धोविघाटमा मःमः महोत्सव


    पर्यटन नेपाल

    शनिबार, १६ चैत्र २०८१


    काठमाडौँ । सिद्धार्थ हस्पिटालिटीअन्तर्गतको धोविघाटस्थित सिद्धार्थ कटेजमा दुई दिने तेस्रो मःमः महोत्सव सुरु भएको छ ।

    चैत १५ र १६ आयोजना हुने महोत्सवमा मःमःका विभिन्न परिकारका साथै गायक दीपक लिम्बु, प्रदीप महर्जन र द एडवार्डियन ब्यान्डको सांगीतिक प्रस्तुति रहने सिद्धार्थ हस्पिटालिटीका बिजनेस डेभलपमेन्ट डाइरेक्टर दुर्गादत्त पन्तले जानकारी दिए ।

    आज दिउँसो २ बजेदेखि सुरु हुने महोत्सवमा प्रवेश निःशुल्क गरिएको छ भने मेलामा मःमःका परिकारका साथै ड्रिंग्स र म्यूजिकको रमाइलो लिन पनि सकिने जनाइएको छ ।

    पछिल्लो समय मःमःका विभिन्न परिकार प्रवर्द्धन गरिरहेको सिद्धार्थले यसको थप प्रचारप्रचारका लागि महोत्सव आयोजना गरेको जनाएको छ । महोत्सवमा मःमः का विभिन्न परिकार उपलब्ध हुने जनाइएको छ ।

    गोर्खा बियरको सहकार्य रहेको महोत्सवमा सिद्धार्थको एस क्याफे, सिद्धार्थ हस्पिटालिटी मार्ट, पथिल होलिडेजले सहयोग गरेका छन् ।

    महोत्सवको इन्टरनेट पार्टनरमा डिसहोम इन्टरनेट रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend