logo

बुधबार, १२ कार्तिक २०८३

logo

बुधबार, १२ कार्तिक २०८३   |   10:16 AM

  • मार्च महिनामा एक लाख २१ हजार बढि पर्यटक भित्रिदा कुन देशबाट कति ?

    मार्च महिनामा एक लाख २१ हजार बढि पर्यटक भित्रिदा कुन देशबाट कति ?


    पर्यटन नेपाल

    बिहिबार, २१ चैत्र २०८१


    काठमाडौँ । मार्च महिनामा १ लाख २१ हजार पर्यटक नेपाल भित्रिएका छन् ।

    सन् २०२५ को मार्च महिनामा १ लाख २१ हजार ६ सय ८७ पर्यटक नेपाल भित्रिएका हुन् । यो २०२४ को तुलनामा ५.१ प्रतिशत कम हो ।

    नेपाल पर्यटन बोर्डले सन् २०२४ को मार्चको तुलनामा २०२५ को मार्च महिनामा पर्यटक आगमनको संख्या कम देखिएको जनाएको छन् ।

    सन् २०२४ को मार्च महिनामा १ लाख २८ हजार १ सय ६७ पर्यटक नेपाल भ्रमणमा आएका थिए ।

    मार्च महिनामा नेपालमा भित्रिएका सबैभन्दा धेरै पर्यटक भारत आएका छन् ।

    भारतबाट सबैभन्दा धेरै २१ हजार चार सय ४१ पर्यटक मार्च महिनामा नेपाल भ्रमण गर्न आएका छन् ।

    त्यस्तै, चीनबाट ११ हजार ४ सय ४३ पर्यटक नेपाल भित्रिएका छन् ।

    यसैगरी, अमेरिकाबाट ११ हजार ९२ र श्रीलंकाबाट ८ हजार ८ सय ८६, बेलायतबाट ५ हजार ९ सय ९५ जना पर्यटक नेपाल भित्रिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend