logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   07:00 AM

  • सुकेटार विमास्थलमा पुुन: हवाई उडान सुरु

    सुकेटार विमास्थलमा पुुन: हवाई उडान सुरु


    पर्यटन नेपाल

    आइतबार, २४ चैत्र २०८१


    काठमाडौँ । ताप्लेजुङमा पुनः हवाई उडान सुरु भएको छ ।

    करिब चार महिनापछि हवाई उडान सुरु पुनः सुरु भएको हो । नेपाल वायु सेवा निगमको जहाजले आएतबारबाट काठमाडौँ–ताप्लेजुङ–काठमाडौँ उडान सुरु गरेको हो ।

    आज निगमको जहाजले काठमाडौँबाट पाँच जना यात्रु लिएर ताप्लेजुङ गएको हो भने, ताप्लेजुङबाट चार जना पुरुष दुुइ जना महिला लिएर काठमाडौँ प्रस्थान गरेको छ ।

    गत चैत १६ गते शनिबारदेखि उडान गर्न जहाज आए पनि अवतरण हुन नसकेपछि जहाज पुनः काठमाडौँ नै फर्किएको थियो । जसका कारण १० जना यात्रु लिएर आएको जहाज भिजिबिलिटी कम भएकोले अवतरण हुन सकेको थिएन ।

    उडान बन्द हुँदा ताप्लेजुङका यात्रुहरुलाई उपचारका लागि काठमाडौँबाट जान कठिनाइ भइरहेको थियो ।

    निगमको दुई वटा जहाज ग्राउण्डेड हुुँदा चार महिनादेखि हवाई उडान ठप्प भएको थियो ।

    अहिले सातामा एक दिनमा र वैशाखपछि उडान थप गरिने तयारी भएको छ ।  गत मङ्सिर २८ गतेदेखि ताप्लेजुङको सुकेटार विमास्थलमा बन्द भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend