गोरखा । लार्के पास गर्न मनास्लु क्षेत्र पुगेका एक बेलायती नागरिकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बेलायतका नागरिक ६१ वर्षीय थोम्सन आयन रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
लार्के पास गर्ने क्रममा आइतबार बिहान करिब १० बजे चुमनुव्री गाउँपालिका-१ लार्केमा उनी एक्कासी ढलेको र सोही स्थानमा उनको मृत्यु भएको हो ।