logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:49 AM

  • ‘ग्रिन इकोनोमी’ का लागि पर्यटन क्षेत्रको ठूलो योगदान: सीईओ जोशी

    ‘ग्रिन इकोनोमी’ का लागि पर्यटन क्षेत्रको ठूलो योगदान: सीईओ जोशी


    पर्यटन नेपाल

    शनिबार, ३० चैत्र २०८१


    काठमाडौँ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले ‘ग्रिन इकोनोमी’ का लागि पर्यटन क्षेत्रको ठूलो योगदान रहेको बताएका छन् ।

    नेपाल वातावरण पत्रकार समूहले आयोजना गरेको ‘पर्यटन क्षेत्रमा वातावरण प्रदुषणको असर’ शीर्षकको अन्तर्क्रिया कार्यक्रममा बोल्दै वातावरण प्रदुषणका कारण नेपालको सुन्दर छविलाई छोप्नसक्ने जोखिम रहेको बताएका हुन् ।

    उनले भने, ‘पछिल्लो वर्षहरुमा नेपालमा जलवायु परिवर्तनका असरहरू बढ्न थालेका छन् । यसले वायु प्रदुषण हरेक वर्ष बढिरहेको छ । जसले पर्यटन क्षेत्रले नोक्सानी व्यहोर्नुपर्ने स्थिति सिर्जना भएको छ । अन्य निर्माण तथा उद्योगहरुले वायु प्रदुषणका लागि योगदान गरिरहेका छन् । तर, पर्यटन उद्योग मात्र यस्तो हो, जसले ग्रिन इकोनमीका लागि योगदान गरिरहेको छ ।’

    नेपालमा जलवायु परिवर्तनका लागि न्युन योगदान भए पनि बढी नोक्सानीको सामना गर्नुपरेको सीईओ जोशीले बताएका छन् । उनले थपे, ‘अहिले विश्वमा नेपाल प्राकृतिक सुन्दरताको मुलुकको छवि बनाएको छ । तर, पछिल्ला वर्षहरूमा नेपाल बढेको वायु प्रदूषणका कारण सुन्दर मुलुकको छवि छोपिदिएको छ ।’

    सीईओ जोशीले सरकारले पनि पर्यटन क्षेत्रलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।

    उनले भने, ‘नेपालको जीडीपीमा बढी योगदान गरिरहेको पर्यटन क्षेत्रले १० लाखभन्दा बढी मानिसलाई प्रत्यक्ष(अप्रत्यक्ष रोजगार दिएको छ । त्यसकारण सरकारले पर्यटन क्षेत्रबाट अझै लाभ लिनका लागि जलवायु परिवर्तनका जोखिम गराउने, वातावरण प्रदुषणलगायतका पर्यटनलाई असर गर्ने गतिविधि कम गर्दै लैजाने र नीतिगत सुधारतर्फ केन्द्रित हुनुपर्ने देखिन्छ ।’

    कार्यक्रममा पर्यटन, वातावरण क्षेत्रका विज्ञ, पत्रकार तथा सरोकारवाला निकायको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend