logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   06:59 AM

  • ‘लोकतन्त्र र लेखक एक अर्काका पर्यायवाची हुन्’: मन्त्री पाण्डे

    ‘लोकतन्त्र र लेखक एक अर्काका पर्यायवाची हुन्’: मन्त्री पाण्डे


    पर्यटन नेपाल

    मंगलबार, १६ बैशाख २०८२


    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले लोकतन्त्र र लेखक एक अर्काका पर्यायवाची भएको धारणा व्यक्त गरेका छन् ।

    मंगलबार तेस्रो राष्ट्रिय लेखक दिवसको अवसरमा आयोजित राष्ट्रिय लेखक पुरस्कार तथा मानार्थ सदस्य सम्मान विशेष समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले उक्त कुरा स्पष्ट पारेका हुन् ।

    उनले वि।पि। कोइरालाको भनाइ उद्धृत गर्दै, ‘राजनीतिमा प्रजातन्त्रवादी र लेखनमा अराजकवादी’ भन्नुको आशय उल्लेख गर्दै, लेखकलाई लोकतन्त्रमा नियन्त्रण गर्न खोज्नु अनुचित हुने स्पष्ट पारे ।

    उनले भने, ‘लेखन लोकतन्त्रसँग मिल्दोजुल्दो अभ्यास हो । लेखनमा लगाम लगाउने हो भने लोकतन्त्र रहँदैन। लेखक र लोकतन्त्र एक अर्काका पर्यायवाची हुन् ।’

    मन्त्री पाण्डेले लोकतन्त्रप्रति समर्पित विद्वानहरू जस्तोसुकै कठिन परिस्थितिमा पनि एकजुट हुनसक्ने स्मरण गराए ।

    साथै, हालको समयमा निराशाको खेती बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै उनले आशा र सकारात्मकताका सन्देश दिन लेखकहरूको भूमिकाको आवश्यकता औंल्याए ।

    उनले पछिल्लो समय लेखकहरूबाट गुणस्तरीय पुस्तक, गीत तथा संगीतहरू सिर्जना भइरहेको उल्लेख गरे । साथै, राजनीतिमा पनि पारदर्शिता र स्वच्छता खोजिने वातावरण सिर्जना हुँदै गएको धारणा राखे ।

    कार्यक्रममा आख्यानकार ध्रुवचन्द्र गौतमलाई आख्यानकार पुरस्कार प्रदान गरिएको थियो भने वैरागी काइलासहित ३२ जना व्यक्तिहरूलाई मानार्थ सदस्य सम्मान प्रदान गरिएको थियो।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend