logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   12:15 PM

  • सरकारले दियो नागरिक एपलाई मान्यता, अबदेखि ड्राइभिङ लाइसेन्स नागरिक एपबाटै देखाउँदा हुने

    सरकारले दियो नागरिक एपलाई मान्यता, अबदेखि ड्राइभिङ लाइसेन्स नागरिक एपबाटै देखाउँदा हुने


    पर्यटन नेपाल

    सोमबार, १३ कार्तिक २०८०


    काठमाडौँ । अब ट्राफिक चेक जाँचमा नागरिक एपबाटै सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) देखाउन मिल्ने भएको छ ।

    राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार मन्त्रिपरिषद्को निर्णयअनुसार नागरिक एपमा चालकले अन्तरआवद्ध गरेको सवारी चालक अनुमति पत्रलाई चेक जाँचका क्रममा मान्यता दिएको हो ।

    सरकारले नागरिक एपमै दर्ता भएका सवारी साधनको विवरणसहित ट्राफिक नियम उल्लङ्घनमा कारवाहीमा परेको विवरण समेत राख्ने तयारी हुँदै छ । यसले ट्राफिक प्रहरीलाई सवारी चेकजाँचमा थप सहज हुनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend