logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   10:12 AM

  • पाकिस्तानसँग तनाव बढेपछि भारतका २७ विमानस्थल बन्द

    पाकिस्तानसँग तनाव बढेपछि भारतका २७ विमानस्थल बन्द


    पर्यटन नेपाल

    शुक्रबार, २६ बैशाख २०८२


    काठमाडौँ । भारत सरकारले आफ्ना २७ वटा  विमानस्थलहरु बन्द गरेको छ ।

    पाकिस्तानसँग तनाव बढेपछि सरकारले आफ्ना २७ वटा विमानस्थलहरु बन्द गरेको हो । पाकिस्तानले बिहीबार राति भारततर्फ ठुलो हमला गरेपछि जम्मु विमानस्थलमा ठूलो विष्फोटको आवाज सुनिएको थियो ।

    पाकिस्तानबीच तनाव बढेपछि सुरक्षा परिस्थितिको कारण देखाउँदै भारतको जम्मुसहित अरु २७ विमानस्थलहरु १० मे बिहान साढे पाँच बजेसम्मका लागि बन्द गरेको जनाएको छ ।

    भारतका उत्तरी, पश्चिमी र केन्द्रीय भागहरूमा अवस्थित विमानस्थलहरू बन्द गरिएका छन् । विमानस्थलहरु कुनै आन्तरिक र कुनै अन्तर्राष्ट्रिय रहेका छन् ।

    विमानस्थल बन्दका कारण एयर इन्डिया, इन्डिगो, स्पाइसजेट लगायत प्रमुख एयरलाइन्स कम्पनीहरुले सयौं उडानहरू रद्ध गरिसकेका छन् ।

    यी हुन् बन्द गरिएका विमानस्थलहरू :

    जम्मु विमानस्थल

    धर्मशाला विमानस्थल

    हिन्दन विमानस्थल

    ग्वालियर विमानस्थल

    किसनगढ विमानस्थल

    श्रीनगर विमानस्थल

    अमृतसर विमानस्थल

    पटियाला विमानस्थल

    सिमला विमानस्थल

    गग्गल विमानस्थल

    जैसलमेर विमानस्थल

    जोधपुर विमानस्थल

    बिकानेर विमानस्थल

    हलवारा विमानस्थल

    पठानकोट विमानस्थल

    लेह विमानस्थल

    लुधियाना विमानस्थल

    भुन्तर विमानस्थल

    भटिण्डा विमानस्थल

    मुन्द्रा जामनगर विमानस्थल

    राजकोट विमानस्थल

    पोबन्दर विमानस्थल

    कांडला विमानस्थल

    केशोद विमानस्थल

    भुज विमानस्थल

    चण्डीगढ विमानस्थल

    पाकिस्तानले मिसाइल आक्रमण गरेपछि भारतको नागरिक उड्डयन मन्त्रालयले विमानस्थलहरु अस्थायी रुपमा बन्द गरेर सुरक्षा सतर्कता बढाएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend