पोखरा । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई स्वागत गर्न अन्नपूर्ण आधार शिविरमा तयारी गरिएको छ ।
सोमबार बेसक्याम्पमा नयाँ हेलिप्याड बनाउनेदेखि सुरक्षा व्यवस्था कडाइ गर्ने काम भइरहेको छ । गुटेरेसको स्वागत तयारीका लागि आइतबार नै अन्नपूर्ण गाउँपालिकाको टोली आधार शिविर पुगेको थियो ।
हालसम्म साना व्यावसायिक हेलिकप्टर अवतरण गर्न आधार शिविरमा एउटा मात्रै हेलिप्याड थियो । तर, गुटेरेससहितको टोलीका लागि नेपाली सेनाको सहयोगमा थप २ वटा हेलिप्याड बनाइएको छ । गुटरेसलाई स्वागत गर्न रातो कार्पेट विच्छाउने तयार भइरहेको छ ।
गुटेरेस मंगलबार बिहान ६:३० मा नेपाली सेनाको हेलिकप्टर मार्फत् अन्नपूर्ण आधार शिविर जाने तालिका रहेको छ ।
तस्वीर: हिमबहादुर गुरुङ




