logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   07:46 AM

  • गायिका सज्जा चौलागाईंले गरिन जुगल हिमाल आरोहण

    गायिका सज्जा चौलागाईंले गरिन जुगल हिमाल आरोहण


    पर्यटन नेपाल

    मंगलबार, १४ कार्तिक २०८०


    काठमाडौँ । गायिका सज्जा चौलागाईंले जुगल–५ हिमाल आरोहण गरेकी छिन् ।

    आरोहीको एक टोलीसहित उनी गत मंगलबार विजयादशमीकै दिनमा ५ हजार ९२२ मिटर अग्लो जुगल हिमाल आरोहण गरेकी हुन् ।

    चुचुरोमा उनले राष्ट्रिय झण्डा फर्फराउँदै ‘कलामा महिला’ स्लोगन लेखिएको एक ब्यानर पनि प्रस्तुत गरेकी थिइन् । हिमाल चढेपछि सामाजिक सञ्जालबाट खुसी बाँड्दै सज्जाले कलामा महिला सहभागिता बढ्नु जरुरी रहेको उल्लेख गरेकी छन् ।

    उनले लेखेकी छिन्, ‘कला कुनै विशेषाधिकार होइन, यो एक अधिकार हो । मानव हुनुको आधारभूत भाग हो । ‘कलामा महिलाहरू’को आरोहण नारासहित सबै महिलाको प्रतिनिधित्व गर्न पाउँदा म धेरै खुसी छु । महिला भएको नाताले मैले सधैँ अरू महिलालाई प्रोत्साहन गर्ने र सकेसम्म उनीहरूलाई प्रतिनिधित्व गर्ने सपना देखेको थिएँ र मैले यो गर्ने मौका पाएँ त्यसैले मैले सक्दो प्रयास गरेँ । यो आरोहण सबै महिलाको लागि हो । म धन्य छु ।’

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend