काठमाडौँ । कामिरीता शेर्पाले ३१ औँ पटक विश्वकाे सर्वाेच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।
शेर्पाले मङ्गलवार बिहान ३१ औँ पटक सगरमाथाको सफल आरोहण गरेका हुन् ।
उनले आफैले राखेकाे रेकर्ड ब्रेक गर्दै ३१ औं पटक सगरमाथाकाे सफल आराेहण गरि अर्काे रेकर्ड राखेका हुन् ।
शेर्पाले सर्वोच्च शिखर सगरमाथामा सबै भन्दा धेरै पटक पाइला राख्ने संसारकै एक्लो आरोहीको विश्व कीर्तिमानलाई कामय राखेका छन् ।
उनले ८ हजार अग्ला हिमालकाे ४५ पटक सफल आराेहण गरिसकेका छन् ।
उनले ०८१ वैशाख ३० गते २९ औँ र ०८१ जेठ ९ गते ३० औँ पटक सगरमाथाकाे सफल आरोहण गरेका थिए ।
कामीरिताले २४ वर्षको उमेरमा २०५१ सालमा पहिलोपटक सगरमाथा आरोहण गरेका थिए ।