logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   09:27 AM

  • भिस्तारा एयरलाइन्सले अब काठमाडौँ-दिल्ली दैनिक २ उडान गर्ने

    भिस्तारा एयरलाइन्सले अब काठमाडौँ-दिल्ली दैनिक २ उडान गर्ने


    पर्यटन नेपाल

    मंगलबार, १४ कार्तिक २०८०


    काठमाडौँ । भिस्तारा एयरलाइन्सले काठमाडौँ-दिल्ली उडान थपेको छ ।

    दैनिक एउटा उडान भर्दै आइरहेको भिस्ताराले अब दैनिक दुइटा उडान गर्ने जनाएको हो । भारतको टाटा समूह र सिङ्गापुर एयरलाइन्सको संयुक्त लगानी रहेको भिस्ताराले बुधवार (नोभेम्बर १) देखि उडान थपेको हो ।

    यसअघि भिस्ताराले काठमाडौँ–मुम्बई र काठमाडौँ–दिल्ली दैनिक उडान गर्दै आएको थियो । यससँगै अब काठमाडौँ–दिल्लीका लागि भिस्ताराले सातामा १४ उडान गर्ने भएको छ ।

    भिस्ताराको ‘ए३२० नेओ’ जहाज दिल्लीबाट काठमाडौँका लागि बिहान ७:४० बजे उड्नेछ भने ९:४० मा काठमाडौँमा अवतरण गर्नेछ।

    त्यस्तै, काठमाडौँबाट दिल्लीका लागि १०:४० बजे उड्नेछ । उक्त जहाज १२:१० मा दिल्लीमा अवतरण गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend