logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   07:46 AM

  • विश्वका ५५ सिर्जनशील सहरको सूचीमा काठमाडौँ पनि

    विश्वका ५५ सिर्जनशील सहरको सूचीमा काठमाडौँ पनि


    पर्यटन नेपाल

    बुधबार, १५ कार्तिक २०८०


    काठमाडौँ । विश्वका ५५ सिर्जनशील सहरमा काठमाडौँ पनि परेको छ ।

    विश्व सहर दिवसको अवसर पार्दै युनेस्कोले मंगलबार काठमाडौँलाई सिर्जनशील सहरको सूचीमा राखेको हो ।

    युनेस्कोको ‘सिर्जनशील सहर संजाल’ कार्यक्रम अन्तर्गत काठमाडौँ फिल्मको सहरको सूचीमा छनोट भएको हो ।

    युनेस्कोले विश्वभरका सहरलाई सातवटा रचनात्मक क्षेत्रहरुमा विभाजन गरेको थियो– शिल्प र लोककला, डिजाइन, चलचित्र, खाना, साहित्य, मिडिया कला र संगीत ।

    यी सबै क्षेत्रलाई लिएर युनेस्कोले केही समयअघि काठमाडौँमा कार्यशाला पनि गरेको थियो । सोहीअन्तर्गत काठमाडौँ फिल्मको सूचीमा छनोट भएको छ ।

    फिल्मकै सूचीमा नाइजेरियाको असाबा, अर्जेन्टिनाको भिसेन्ट लोपेज, मोरोक्कोको वरजाजात र ब्राजिलको पेनेडो सहर परेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend