logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   07:52 AM

  • मलाई त लाग्छ, यो एउटा प्लान र षडयन्त्रै भएको हो : प्रधानमन्त्री कार्की

    मलाई त लाग्छ, यो एउटा प्लान र षडयन्त्रै भएको हो : प्रधानमन्त्री कार्की


    पर्यटन नेपाल

    आइतबार, २९ भाद्र २०८२


    काठमाडौँ । नवनियुुक्त प्रधानमन्त्री सुशीला कार्कीले सिंहदरबार, सर्वोच्च अदालत जस्ता सरकारी संरचना जलाउनेहरु नेपाली हुन नसक्ने बताएकी छन् ।

    आइतबार पदभार ग्रहण गरेपछि प्रधानमन्त्री कार्कीले सिंहदरबार, सर्वोच्च अदालत जस्ता मुलुकलाई अति आवश्यक सरकारी संरचना जलाउनेहरु नेपाली हुन् नसक्ने बताएकी हुन् ।

    प्रधानमन्त्री कार्कीले सरकारी संरचनाहरु जलाउनेलाई कसरी नेपाली भन्ने ? भन्दै प्रश्न गरेर यस्ता अपराधमा संलग्नलाई कारबाही हुने बताइन् ।

    प्रधानमन्त्री कार्कीले भनिन्, ‘बडो आश्चर्यको कुरा छ कि किन अत्यन्त आवश्यक संस्थाहरु देशको, जसले यो देशको शासन चलाएको छ, ती भवनहरु, ती मिसिल, ती कागजहरु, नष्ट भए रु अलिकति मलाई त यो देखेर लाज पनि लागेको छ । नेपाली नै भएर यो काम गरेको हो भने तिनलाई नेपाली कसरी भन्ने ?’

    उनले भनिन्, ‘सर्वोच्च अदालत, सिंहदरबार लगायतका भौतिक संरचनाहरु जल्दा महत्वपूर्ण कागजातहरु जलेको र सरकार शून्यको अवस्थामा पुगेको छ । भौतिक क्षतिले केही हुँदो रहनेछ । त्यो त बनाउन पनि सकिन्छ । ती रेकर्डहरु, जमानाका फाइलहरु, विवरणहरु सम्पूर्ण नष्ट भएर हामी यतिखेर शून्यमा पुगेका छौं । हाम्रो अवस्था शून्यमा छ ।’

    उनले अगाडि भनिन्, ‘यस्ता गतिविधिहरु षडयन्त्रपूर्वक भएको हुन सक्छ । हाम्रा संस्थाहरु, यस्तो अनुहार देखाउन नसक्ने अवस्थामा पुर्‍याएको छ । मलाई त जहाँसम्म लाग्छ, यो एउटा प्लान वेमा, षडयन्त्रै भएको हो कि भन्ने लाग्छ । जेनजी युवा प्रदर्शनको क्रममा भएका यस्ता घटनाको अनुसन्धान हुन्छ र कारबाही पनि गछौँ । यसबारे अनुसन्धान हुन बाँकी छ । अनुसन्धान गरेर यसरी प्रहार गर्नेहरुलाई, यसरी नोक्सान गर्नेहरुलाई, अपरिहार्य वस्तु, अत्यन्त आवश्यक वस्तु माटोमेट बनाएको छ, त्यसलाई छोड्नुपर्ने अवस्था छैन यो कारबाही हुनुपर्ने अवस्था छ । यसको खोजबिन तलास हुनुपर्ने अवस्था छ ।’

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend