काठमाडौँ । एक सातादेखि काठमाडौँमा रोकिएका यात्रुलाई पठाएपछि मात्रै दशैंको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ ।
आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव सहित सरोकारवाला र याताायात व्यवसायी बीचको बैठकले यस्तो निर्णय गरेको हो ।
आइतबार बसेको उक्त समितिको बैठकले ट्राफिक प्रहरीलाई आवश्यक पर्ने सामग्री भौतिक मनत्रालय र सडक सुरक्षा परिषद्बाट उपलब्ध गराउने निर्णय पनि गरेको छ ।
काठमाडौँमा रोकिएका यात्रुलाई काठमाडौँ बाहिर सुरक्षित रूपमा पठाउने कामलाई गरेपछि मात्रै अग्रिम टिकट बुकिङ खुला गराउने उक्त समितिले निर्णय गरेको हो ।
वर्तमान परिस्थिति एवं चाडपर्वको समयमा यात्रुको यात्रा सुरक्षित र सहज बनाउन समिति गठन गरिएको छ ।