logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   09:12 AM

  • क्यानविरुद्ध अख्तियारमा उजुरी

    क्यानविरुद्ध अख्तियारमा उजुरी


    पर्यटन नेपाल

    बिहिबार, २७ कार्तिक २०८२


    काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोृगमा उजुरी परेको छ ।

    नेपाल प्रिमियर लिग (एनपिएल) प्रसारणको अधिकार वितरणमा अनियमितता भएको भन्दै एमएसएम भिडियो एपले क्यान बिरुद्ध अख्तियारमा उजुरी दिएको हो ।

    क्यानले डिशहोमलाई प्रसारण बितरणको अधिकार दिएको छ ।

    डिशहोमले ४ करोड ११ लाख रुपैयाँ न्यूनतम ग्यारेन्टी र ७१/२९ प्रतिशत राजस्व साझेदारी प्रस्ताव गरेको थियो भने एमएसएम भिडियो र सूश्री मिडियाको जोइन्ट भेन्चर कम्पनीले ५ करोड २५ लाख रुपैयाँ न्यूनतम ग्यारेन्टी र १५/८५ प्रतिशत साझेदारी प्रस्ताव गरेको थियो ।

    सामान्यत: दुई महिना अघि नै आह्वान हुनुपर्ने टेन्डर क्यानले एक साताअघि मात्रै खुलाएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend