logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   09:33 AM

  • बंगलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय

    बंगलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय


    पर्यटन नेपाल

    सोमबार, १ मंसिर २०८२


    काठमाडौँ । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरणले पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धका अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ ।

    बंगलादेशको राजधानी ढाकास्थित अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण अदालतले मानवताको अपराधमा पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सुजाय सुनाएको हो ।

    गत वर्ष जुलाई–अगस्टको भएको विद्यार्थी विद्रोह आन्दोलन का क्रममा १,४०० जनाको हत्या र २५ हजारजति घाइते भएको दाबी ताजुल इस्लामले न्यायाधीकरणमा पेस गरेका थिए । मृतकहरूको सूचीसमेत अदालतमा बुझाइएको थियो ।

    अभियोजन पक्षले तीनै अभियुक्तविरुद्ध ७४७ पृष्ठको प्रमाण–दस्तावेज पेस गरेको थियो।

    विद्यार्थी विद्रोह क्रममा भएका व्यापक हिंसात्मक घटनामा हसिनाको संलग्नता रहेको ठहर गर्दै न्यायाधीकरणले यस्तो फैसला सुनाएको हो ।

    भारतमा निर्वासनमा बसेकी हसिनाको अनुपस्थितिमै उनीविरुद्ध मुद्दा चलाइएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend