logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:49 AM

  • सिमरा विमानस्थलका सबै उडान रद्द

    सिमरा विमानस्थलका सबै उडान रद्द


    पर्यटन नेपाल

    बुधबार, ३ मंसिर २०८२


    काठमाडौँ । सिमरा विमानस्थलका सबै उडान रद्द गरिएको छ ।

    उक्त विमानस्थलका सबै क्षेत्रमा तनाव बढेसँगै आजका लागि निर्धारित उडान रद्द गरिएको हो ।

    स्थानिय युवा र एमाले कार्यकर्ताबीच झडप हुँदा उग्र रूप लिएपछि बारा जिल्ला प्रशासनले सिमरा एयरपोर्ट लगायत केही स्थानमा कर्फ्यु जारी गरेको छ । सो क्षेत्रहरुमा आज दिउँसो १२:३० बजेदेखि बेलुका ८:०० बजे सम्मको लागि कर्फ्यु आदेश जारी गरेको छ ।

    बुद्ध एयरले दैनिक ५ उडान गर्दै आइरहेको थियो । आज एउटा मात्र उडान भएको थियो । दोस्रो उडानमा एमालेका नेताहरूसहित जाने तय भएको थियो । तर उक्त झडपका कारण समिरामा कर्फ्यु जारी गरिएको छ ।

    May be an image of blueprint, ticket stub and text

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend