काठमाडौँ । नेपाल बैंक लिमिटेडले आफ्नो ८९औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ ।
बैंकले आइतबार ८९औं वार्षिकोत्सव मनाउँदै सेवा विस्तार, डिजिटल बैंकिङ सुदृढीकरण र मानव संसाधन विकासलाई आगामी रणनीतिक दिशाका रूपमा प्रस्तुत गरेको छ ।
बैंकले हाल २३१ शाखा, २३७ एटिएम र ६१ एक्स्टेन्सन काउन्टरको सञ्जालमार्फत ग्राहकलाई सेवा दिइरहेको छ ।
युवा जनशक्तिद्वारा छिटोछरितो र गुणस्तरीय सेवा प्रवाह गर्दै आएकोमा पछिल्लो समय ग्राहक–केन्द्रित सेवा सुधारलाई प्राथमिकतासहित अघि बढाएको बैंकले बताएको छ ।
बैंकले ८९औं वर्ष प्रवेशसँगै डिजिटल अभिमुखीकरण, ग्राहक सेवा सुधार र शाखा सञ्जालको प्रभावकारी विस्तारलाई आगामी व्यवसायिक वर्षका प्रमुख रणनीतिका रूपमा अघि सारेको बताएको छ ।
समारोहको अध्यक्षता सञ्चालक समितिका अध्यक्ष प्रा.डा. डिल्लीराज शर्माले गरे ।