logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   12:04 PM

  • नेपाल एयरलाइन्सले वैदेशिक रोजगारीमा जानेलाई भाडामा १० प्रतिशत छुट दिने

    नेपाल एयरलाइन्सले वैदेशिक रोजगारीमा जानेलाई भाडामा १० प्रतिशत छुट दिने


    पर्यटन नेपाल

    शुक्रबार, १२ मंसिर २०८२


    काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले नयाँ भाडादर योजना लागु गरेको छ ।

    निगमले विभिन्न मुलुक रोजगारीका लागि जाने नेपाली यात्रुका लागि विशेष छुटसहित यस्तो योजना ल्याएको हो ।

    निगमले काठमाडौँबाट दुबई, दमाम, दोहा, र क्वालालाम्पुर गन्तव्यतर्फ जाने नेपाली श्रमिक यात्रुका लागि विशेष छुटसहित प्रत्येक उडानमा १० वटा सिटमा १० प्रतिशत छुुटको योजना ल्याएको हो ।

    श्रम गन्तव्यमा यात्रा गर्नेहरूले आवश्यक कागजातसहित निगमको केन्द्रीय कार्यालयमा सम्पर्क गरी टिकट काउन्टरबाट यो सेवा लिन सक्ने छन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend